शनिबार, जेठ ५, २०८१

कीर्तिपुरमा बस दुर्घटना, एक यात्रुको मृत्यु

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

triton college
corrent noodles
Metro Mart

कीर्तिपुर-रत्नपार्क रुटमा चल्ने एक यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो पौने ३ बजे कीर्तिपुरबाट रत्नपार्क आउँदै गरेको बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल नजिकै दुर्घटनामा परेको हो।

बसमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको र ३ जना घाइते रहेको प्रहरीले जनाएको छ। मृतकको नाम ठेगाना भने खुलिसकेको छैन। बसमा कति जना सवार थिए भन्ने यकिन तथ्यांकसमेत आएको छैन। दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: May 05, 2024| 16:16 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्