शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भक्तपुरको प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

भक्तपुरको प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

National life
Laxmi sunrise bank
kumari

भक्तपुर- चाँगुनारायण नगरपालिका‐२ दुवाकोटमा सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाइ कार्पेट कारखानामा आज भएको आगलागी नियन्त्रणका क्रममा दुई जना घाइते भएका छन्। 

आगलागी भएको जानकारी पाएपछि दुवाकोटस्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेपलाञ्चोकबाट आएको सात वटा दमकल, भक्तपुर, ललितपुरबाट आएका चार वटा पानी ट्याङ्कर र स्थानीयको सहयोगमा पाँच घण्टा लगाएर आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए। 
    
उनका अनुसार आगो निभाउने क्रममा घाइते भएका रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ घर भई हाल दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठको इवामुरा अस्पतालमा र भारत बङ्गाल घर भई हाल दुवाकोट बस्ने २९ वर्षीय मनु उर्वाको इवामुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको छ। उर्वा गम्भिर घाइते भएकाले थप उपचारका लागि कीर्तिपुर लगिएको उनले जानकारी दिए।

आगलागीबाट रु एक करोड ८० लाख बराबरको क्षति भएको भन्दै प्रनाउ कार्कीले आगलागीको कारण भने नखुलेको जानकारी दिए।

प्रकाशित: May 05, 2024| 14:42 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्