शनिबार, जेठ ५, २०८१

विभिन्न घटना-दुर्घटनामा २० जनाको मृत्यु

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर सवारी दुर्घटना तथा अन्य घटनामा परेर २० जनाको मृत्यु भएको छ।

triton college

प्रहरी बुलेटिनका अनुसार चितवन, भरतपुर महानगरपालिका-१२ बसन्तचोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना.२८ प ७०१२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका-११ जागृतीटोल बस्ने २९ वर्षीया प्रिती कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुर्खेत, भेरीगंगा नगरपालिका-२ सप्तरीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार बिरेन्द्रनगर नगरपालिका-१२ बस्ने ४९ वर्षीय मान बहादुर चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ। मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको माया नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ।

मकवानपुर, थाहा नगरपालिका-९ ठुलोचौरस्थित सडकमा सडक मर्मतको काम गर्दै गरेको आरडी १०१-०३८ नम्बरको लोडर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा च्यापिएर लोडरका हेल्पर नुवाकोट घर भएका २८ वर्षीय सागर भण्डारीको मृत्यु भएको छ। लोडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, मेचिनगर नगरपालिका-१५ गाईनाबारीस्थित सडकमा मे.११ प ९०२ नम्बरको मोटरसाइकल र मे.१ त ५३१९ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कचनकवल गाउँपालिका-२ बस्ने २७ वर्षीय ज्ञान प्रसाद अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

corrent noodles
Metro Mart

डडेल्धुरा, नवदुर्गा गाउँपालिका-४ सिरुडास्थित सडकमा बागमती प्रदेश ०१००१ क ९६५१ नम्बरको टिपर सडकबाट करिब २ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा टिपर चालक धादिङ गजुरी गाउँपालिका-७ बस्ने ४० वर्षीय धिरज थापा मगर र टिपरमा सवार धादिङ रोडाङ गाउँपालिका बस्ने २७ वर्षीय बिष्णु विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौं, शंखरापुर नगरपालिका-९ खुलालटार स्थित सडकमा बा.प्र-०२-०२५ प २२०१ को स्कुटर र बा.३ ख.५२८० नम्बरको बस एकआपसमा ठक्कर भई शनिबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-६ साँखु बस्ने २४ वर्षीय रश्मिन श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स लाईफ केयर अस्पताल सलम्बुटार हुँदै नेपाल मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडकमा चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा.८७ प ७२९४ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक ओखलढुङगा मेलुङगा गाउँपालिका-४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका बस्ने ५५ वर्षीय ओम प्रसाद दाहालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

महोत्तरी, बलवा नगरपालिका-१ बन्चौरीस्थित सडकमा परौलबाट खुट्टा पिप्राडीतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००६ प ३९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक लोहारपट्टी नगरपालिका-४ बस्ने १८ वर्षीय रोशन ठाकुरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

डुबेर मृत्यु
कञ्चनपुर, बेलौरी नगरपालिका-५ भुकुण्डास्थित दोदा नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको शनिबार दिउँसो मृत्यु भएको छ। मृत्यु हुनेहरूमा सोही नगरपालिका-७ शान्तिपुर बस्ने १७ वर्षीय राजेन्द्र कुँवर र १७ वर्षीय बिजय कुँवर रहेका छन्। साथै पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका २ जनाको जगदम्बा अस्पताल बेलौरीमा उपचार भइरहेको छ।

दाङ, लमही नगरपालिका-७ बनघुर्सी माइतीघर बस्दै आएकी राजपुर गाउँपालिका-२ मटेरिया घर भएकी २० वर्षीया सरिता चौधरीको लमही नगरपालिका-७ बनघुर्सी स्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ ढवाहा बस्ने पंकज चुदालीको छोरा ८ वर्षीय प्रान्जल चुदालीको सोही ठाउँस्थित निर्माणाधिन घरको खानेपानीको ट्यांकीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ। खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय ओम मुक्तिनाथ पोलिक्लिनिक नयाँ गाउँमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत फेला
रूपन्देही, बुटवल उपहानगरपालिका-२ डेरा गरी बस्ने सुर्खेत गंगा नगरपालिका-१ माथिल्लो भर्‍याङ घर भएका ५० वर्षीय चन्द्र बहादुर बूढा रूपन्देही देवदह नगरपालिका-१० चरङ्गे जङ्गलमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

संखुवासभा, सिलिचोंङ गाउँपालिका-१ बेतनी बस्‍ने ६० वर्षीया गन्जी माया राई सोही ठाउँस्थित बेतिनी खोलामा शनिबार मृत अवस्थामा फेला परेकी छिन्। वैशाख १६ गते देखि हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।

बाजुरा, स्वामी कार्तिक खापर गाउँपालिका-२ लामवाडास्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

मोरङ, सुन्दर हरैचा नगरपालिका-१० बागझोरा लोहन्द्रा केराबारी साझेदारी वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।

रसुवा, गोसाईकुण्ड गाउँपालिका-१ पेलदान खर्कस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।

दोलखा, जिरी नगरपालिका-९ ठुलोपातल घर भई गौरीशंकर गाउँपालिका-५ सुम्नास्थित छोरीको घरमा बस्दै आएका ६० वर्य रत्न बहादुर सुनुवार सोही ठाउँस्थित गुरूम्फी खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

रामेछाप, मन्थली नगरपालिका-५ सुनारपानी रोक्का टोल बस्ने ३९ वर्षीय सन्दिप रोक्का सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित: May 05, 2024| 13:13 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्