शुक्रबार, पुस ११, २०८२

सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा परेको छ।उच्च अदालत पाटनका मुख्य  न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको हो।

National life

मुख्य न्यायाधीश निरौलाले नै यस मुद्दालाई 'रेक्युजल' गरेको सन्दीपका कानुन व्यवसायीले बताएका छन्।

निरौलाले यसअघि यो मुद्दामा सुनुवाइ गरेर झगडिया झिकाउने आदेश गरेका थिए। अघिल्ला क्रमका मुद्दाहरू हेरेर सन्दीपको मुद्दा छाडी इजलास अगाडि बढेको छ।

बलात्कार अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्चमा पुनरावेदन गरेका हुन्। अघिल्लो साता समेत पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो। यद्यपि यो मुद्दालाई उच्च अदालतले अग्राधिकार दिएको छ।

प्रकाशित: May 05, 2024| 12:00 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्