शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • दोदामा डुबेर दुईको मृत्यु, ट्याक्टर दुर्घटनामा दुईजनाको ज्यान गयो

दोदामा डुबेर दुईको मृत्यु, ट्याक्टर दुर्घटनामा दुईजनाको ज्यान गयो

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ भने डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ।

triton college

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको छ। शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन्। घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 
उता डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

ट्याक्टर दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको छ।

धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेका छ ।

बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको ट्याक्टर शनिवार राति करिब साढे १० बजे दुर्घटना भएको हो।
 

corrent noodles
Metro Mart

प्रकाशित: May 05, 2024| 08:38 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्