शुक्रबार, पुस ११, २०८२

सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयको भारतले गर्‍यो विरोध

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं- नेपाल सरकारले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ।

National life

भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन्।

शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रियासमेत दिएको द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

‘नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको छ। दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा बीचमा उनीहरूले एकतर्फी निर्णय गरे,’जयशंकरको भनाइ उद्धृत गर्दै इन्डियन एक्सप्रेसले भनेको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो। नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृतिसमेत दिइसकेको छ।

Laxmi sunrise bank
kumari

नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै त्यतिबेला आपत्ति जनाएको थियो।  २०७७ जेठ ३१ गते नक्सा अनुसारकै निशान छाप बनाउने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको थियो। 
 

प्रकाशित: May 05, 2024| 08:34 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्