सोमबार, भदौ ८, २०८३

मौसममा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी प्रदेश तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेछ। लुम्बिनी र तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। 

यसैबीच राति, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागका हल्का वर्षा हुनेछ।

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ। मधेश र कोशी प्रदेशसहित तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ। 
 

प्रकाशित: May 05, 2024| 06:54 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्