शुक्रबार, पुस ११, २०८२

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९ औं पटक रक्तदान

 |  शनिबार, वैशाख २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २२, २०८१

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ८९ औं पटक रक्तदान गरेका छन्।

National life

शनिबार पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको उपत्यका विशेष कमिटीले गरेको कार्यक्रममा रक्तदान गर्दै उनले आफ्नो रक्तदानको संख्या ८९ पुर्‍याएका हुन्।

कोरोना महामारीको समयमा बाहेक अरु समयमा आफूले नियमित रक्तदान गर्दै आएको लिङ्देनले बताए। ‘शरीर स्वस्थ भएपछि रक्तदान सुरु गरेको हॅु, आज मैले ८९ औं पटक रक्तदान गरें’, अध्यक्ष लिङ्देनले भने।

उनले आफ्नो जीवनमा गरौंगरौं लाग्ने काममध्ये रक्तदान पनि एक भएको बताए। दलको भ्रातृ संगठनले दलीय गतिविधि मात्रै होइन सिर्जनशील र रचनात्मक काम पनि गर्नुपर्ने भन्दै उनले आफ्नो दलको युवा संगठनले गरेको कामको प्रशंसा गरे।
 

प्रकाशित: May 04, 2024| 18:21 शनिबार, वैशाख २२, २०८१
प्रतिक्रिया दिनुहोस्