शुक्रबार, पुस ११, २०८२

जसले जन्मदिनमा एक करोडको जग्गा दान दिए

 |  शनिबार, वैशाख २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २२, २०८१

धरान- धरान उपमहानगरपालिका—१४ विजयपुरका बृखबहादुर डंगोलले ९०औँ जन्मदिनको अवसरमा एक करोड रुपैयाँबराबरको जग्गा दान गरेका छन्।

National life

उनले ९० वर्ष पुगेको अवसरमा प्राडा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गरिरहेएको  ‘भयवाद अध्ययन केन्द्र नेपाल’ लाई एक करोडबराबरको ११ धुर जग्गा प्रदान गरेका हुन्।

‘प्राडा टङ्क प्रसाद न्यौपानकोे अध्ययन अनुसन्धान केन्द्र’ पाँच वर्षअगाडी स्थापना भएको थियो भने, देश सुब्बाको भयवाद दर्शनमा आधारित ‘भयवाद अध्ययन केन्द्र’ हालै स्थापना भएको हो ।

संस्था दर्ता गराए पनि व्यवस्थित रुपमा कार्यालय सञ्चालनका लागि जग्गा र भवन नभएको अवस्थामा डंगोलले जग्गा दान गरेको प्राडा न्यौपानेले बताए। डंगोलले प्रदान गरेको जग्गा धरान १४ स्थित आदिवासी जनजाति सङ्ग्रहालय भवनको पश्चिममा पर्ने रुप्से पोखरीदेखि विजयपुर जाने बाटोमा रहेको छ ।

९० वर्षीय डंगोलले प्राज्ञिक अध्ययन अनुसन्धानका लागि स्थापना भएको संस्थालाई आफूले जग्गा दान गर्न पाउँदा खुसी लागेको बताए। आफूसँग धेरै जग्गा भएर नभई भावी पुस्तालाई अध्ययन अनुसन्धानमा सहजता होस् भनेर आफूले जग्गा दिएको प्रतिक्रिया उनले दिए। डंगोलले धरानका विद्यालय, प्रहरी चौकीलगायत विभिन्न संघसंस्थालाई नगदी र जिन्सी सहयोग गर्दै आएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 04, 2024| 07:02 शनिबार, वैशाख २२, २०८१
प्रतिक्रिया दिनुहोस्