शनिबार, जेठ ५, २०८१

प्रि-मनसुन सक्रिय, पर्ला त पानी ?

 |  शनिबार, वैशाख २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २२, २०८१

काठमाडौं- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

triton college

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको  छ।

शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

corrent noodles
Metro Mart

महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

प्रि–मनसुन गतिविधि केही सक्रिय हुँदा आजबाट वर्षाको सम्भावना केही बढेको मौसमविद्ले बताएका छन्। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहको प्रणालीमा पश्चिमी वायु थप सक्रिय हुँदा केही दिन बदली बढ्ने र वर्षाको पनि सम्भावना बढेको हो। 

बदली हुँदा तराई क्षेत्रको तापक्रम घट्न सुरु भइसकेको छ। अहिलेको प्रणाली करिब यो हप्ताभर नै रहनेछ, जसका कारण तापक्रम धेरै बढ्ने छैन।

प्रकाशित: May 04, 2024| 06:33 शनिबार, वैशाख २२, २०८१
प्रतिक्रिया दिनुहोस्