आइतबार, जेठ २५, २०८२

६ सचिवको सरुवा, को कहाँ ? 

 |  शुक्रबार, वैशाख २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २१, २०८१

vianetvianet

काठमाडौं- सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन्। पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन्। 

डा.गोविन्दप्रसाद शर्मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन्। त्यस्तै, डा. दीपककुमार खराल वन तथा वातावरण मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकासमा सरुवा भएका हुन्। 

डा. रेवतीरमण पौडेल कृषि पशुपन्छी विकास मन्त्रालयबाट कृषि विकासमा पुगेका छन्। राधिका अर्याल लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालबाट उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएकी छन्।
 

प्रकाशित: May 03, 2024| 16:24 शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्