शुक्रबार, पुस ११, २०८२

कान्ति लोकपथ अनिश्चितकाललाई बन्द

 |  शुक्रबार, वैशाख २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौं- कान्ति लोकपथ बन्द भएको छ। मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको हो।

National life

कान्ति लोकपथ विस्तार आयोजनाका अनुसार काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याविन वाल पूर्ण रूपमा क्षति भएको छ।

भित्ता कटिङका क्रममा खसेको ढुंगाले ग्याविन वालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुन सक्ने अवस्था छैन। अर्को सूचना नभएसम्म सडक बन्द रहने छ।

मर्मत सम्भारका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै सवारीसाधन आवतजावतका लागि खुला गरिएको थियो। 

प्रकाशित: May 03, 2024| 10:44 शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्