बिहीबार, असार ४, २०८३

डढेलो लगाउनेको सुराकी दिनेलाई ५० हजार पुरस्कार

 |  शुक्रबार, वैशाख २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौं- डढेलो लगाउनेको सुराकी दिनेलाई सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले ५० हजार पुरस्कारको घोषणा गरेको छ।

National life

हेलम्बु गाउँपालिका क्षेत्रका वन क्षेत्रमा डढेलो लगाउने क्रियाकलाप बढेको भन्दै गाउँपालिकाले सुराकी दिनेलाई पुरस्कार घोषणा गरेको हो।

‘केही दिनयता देशका अन्य भूभागलगायत हेलम्बु गाउँपालिका क्षेत्रका वनमासमेत डढेलो लगाउने क्रियाकलापहरू बढेको देखिन्छ। त्यस्ता क्रियाकलापहरूबाट वन क्षे लगायत मानव स्वास्थ्य तथा समग्र वातावरणमा नै नकारात्मक प्रभाव पर्ने विषय आम जानकारीको विषय नै हो भने कानुनले बर्जित गरेको विषय समेत हो।

तसर्थ, आम हेलम्बुबासी लगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउने जस्ता कुनै पनि कार्य नगर्नु हुन आग्रह गर्दै अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाही गरिने विषय समेत सबैलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘साथै त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिको बारे स–प्रमाण जानकारी यस कार्यालयमा दिएमा सूचनादाताको नाम गोप्य राखी निजलाई पचास हजार रूपैयाँ नगद पुरस्कार दिइने व्यहोरा समेत जानकारी गराइन्छ।’

अहिले देशभर डढेलोको प्रकोप छ। अहिले देशभर २३२ स्थानमा डढेलो लागिरहेको छ।

Shivam cement

प्रकाशित: May 03, 2024| 10:38 शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्