शुक्रबार, जेठ ४, २०८१

पत्रकार महासंघको निर्वाचन जेठ १९ गते

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गतेका लागि तोकिएको छ।

बिहीबार बसेको महासंघको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर यसअघि झैँ विधान बमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत देशैभर एकै दिन मतदान गर्ने निर्णय गरेको हो।

बैठकले सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुंगो लगाउने निर्णय गरेको छ भने महाधिवेशनमा पेश हुने महासचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ।

प्रकाशित: May 02, 2024| 19:12 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्