सोमबार, भदौ ८, २०८३

प्रथम महिला सचिव चन्द्रकलाको निधन

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं- नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको निधन भएको छ। किरणको ९४ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

किरण २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन्। पछि उनले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पहिलो महिला सचिवको रुपमा रहेर सेवा गरेकी थिइन्।

२०४१ सालमा शिक्षा सचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रुपमा काम गरेकी थिइन्। २०४६ सालमा सेवा निबृत्त भएकी किरण शिक्षा सेवी र सामाजिक ब्यक्तित्वको रुपमा समेत परिचित थिइन्।
 

प्रकाशित: May 02, 2024| 19:11 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्