शुक्रबार, जेठ ४, २०८१

श्रीमतीको हत्या गरेर पदमबहादुर फरार

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१

मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा महिलाको हत्या गरिएको अवस्थामा बिहीबार शव फेला परेको छ। सुन्दरहरैँचा–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव बिहीबार बिहान उनकै घरभित्र भेटिएको मोरङ प्रहरीले जनाएको छ।

triton college

मनमायाको शव कोठाभित्र देखेपछि उनकी छोरीले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी घटनास्थल पुग्दा मृत अवस्थामा मनमाया भेटिएकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट उनका श्रीमान् ५० वर्षीय पदमबहादुर तामाङले हत्या गरेको देखिएको प्रहरीको भनाइ छ। घटना लगत्तै श्रीमान् बेपत्ता हुनुले पनि थप शंका उब्जाएको छ। 

घटनापछि फरार रहेका पदमबहादुरको खोजी भइरहेको बताइएको छ। सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा शव फेला परेको थियो। उनीहरुका छोरा वैदेशिक रोजगारमा गएका छन् भने छोरीको बिहे भइसकेको छ। घरमा श्रीमान् श्रीमती मात्रै बस्दै आएका थिए। प्रहरीका अनुसार पदमबहादुरले राति ८ बजेतिर छोरीलाई ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भनेर फोन गरेका थिए।

उनी बिहान घर गएर हेर्दा मृत अवस्थामा आमालाई भेटेकी थिइन्। बुबा भने फरार भइसकेका थिए। यसअघि पनि पदमबहादुरले मदिरा सेवन गरेर पत्नी मनमायालाई कुटपिट गर्ने गरेको स्थानीयले बताएका छन्।
 

प्रकाशित: May 02, 2024| 19:10 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्