आइतबार, मंसिर २८, २०८२

एयरटेललाई पैसा नतिर्दा नेपालको इन्टरनेटमा समस्या

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ। नेपालका निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी छ।

इन्टरनेट सेवा प्रदायक (आइस्पान) का अनुसार बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको हो। जसका कारण देशभरका इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ। वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका सेवा अवरुद्ध भएको हो।

इन्टरनेट काटिनुको जिम्मा सरकारले लिनुपर्ने सेवा प्रदायकहरुको भनाइ छ। उनीहरुका अनुसार भुक्तानी दिन सरकारी प्रक्रिया अवरोधका रुपमा रहेको छ। केही दिन अघिमात्रै आइस्पानले जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने चेतावनी दिएको थियो।
 

प्रकाशित: May 02, 2024| 19:00 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्