शुक्रबार, पुस ११, २०८२

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गयो

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१

चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

National life

बुधबार राति पौने १२ बजे बजे रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किन पुगेको थियो।

मृत्यु हुनेमा रत्ननगर–३ का २२ वर्षीय जीवन चौधरी र सोही ठाउँका १८ वर्षीय सुमित महतो रहेको चितवन प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका चालक जीवन र पछाडि सवार सुमितलाई अस्पतालमा लगिएकोमा राति नै भरतपुर अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित: May 02, 2024| 11:52 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्