शुक्रबार, पुस ११, २०८२

बुटवलमा गर्मी अचाक्ली, स्कुल दुई दिन बन्द

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१

पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरपालिकाले नग भित्रका सबै स्कुलमा बिदा दिएको छ।

National life

बुटवल उपमहानगरले बुधबार सूचना जारी गर्दै वैशाख २० र २१ गते नगरका सबै स्कुलमा बिदा दिने निर्णय गरेको जनाएको हो।

केही दिनयता चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिँदा उक्त निर्णय गरेको बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा उल्लेख छ। 

वैशाख महिना सुरू भएदेखि नै रूपन्देही लगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेको छ। खेतबारी र वरिपरिका वनजंगलसँगै बस्तीहरूमा लागेको आगलागी र बिहानैदेखि चल्ने तातो हावाका कारण जनजीवन कष्टकर बनेको छ।

मंगलबार भैरहवाको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको थियो। त्यसअघि वैशाख ९ गते सबभन्दा धेरै ४३.६ डिग्री सेल्सियस मापन गरिएको थियो। 

Laxmi sunrise bank
kumari

अत्यधिक गर्मीका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म बिरामी पर्न थालेका छन्। लामो समयदेखि पानी नपरेपछि वायुमण्डल दूषित भई मानिसहरूको स्वास्थ्यमा विभिन्न खालका समस्या देखिन थालेका छन्।

प्रकाशित: May 02, 2024| 05:24 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्