आइतबार, जेठ २५, २०८२

पत्नीको हत्या गरेर आफैं प्रहरी कार्यालय पुगेपछि...

 |  बुधबार, वैशाख १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १९, २०८१

vianetvianet

काठमाडौं- एक व्यक्तिले पत्नीको हत्या गरेर आफैं प्रहरीमा पुगेका छन्। उनी बुधबार बिहान ८ बजेर ४० मिनेटमा प्रहरी वृत्त बौद्ध पुगेका थिए। गेटमा पुगेर उनले भने,‘श्रीमतीलाई मैले कुटेर हत्या गरेँ।’

गेटमा खटिएका सुरक्षाकर्मीले डीएसपी राजु पाण्डेलाई खबर गरे। पाण्डे तत्काल टिमसहित ती व्यक्तिले देखाएको बाटो हुँदै घटनास्थलमा पुगे। उनले प्रहरीलाई काठमाडौं महानगरपालिका–६ स्थित भुवलडाँडामा रहेको छिरिङ लामाको घरको भुइँ तलामा पुर्‍याए। ढोका खोलेर हेर्दा नभन्दै ३५ वर्षीया अनिसा चाहार मृत अवस्थामा थिइन्।

उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल पठाइएको छ। श्रीमती हत्या गरेर प्रहरी कार्यालय पुग्ने व्यक्ति हुन् ३५ वर्षीय सन्तोष परियार। उनी ओलखढुंगाको सिद्धिचरण नगरपालिका-३ का स्थानीय हुन्। परपुरुषसँग बोलेको अडियो सुनेर आफूलाई असह्य भएको र कुटेर हत्या गरेको उनले प्रहरीसँग साविति बयान दिएका छन्। फरार भए पनि प्रहरीले पक्राउ गरिहाल्ने भएकोले आत्मसमर्पण गरेको उनले बताएका छन्।

अनिसाले सन्तोषसँग तेस्रो र सन्तोषले अनिसासँग दोस्रो विवाह गरेको खुलेको छ। दुईपटक कतार र मलेसिया गएर फर्केका सन्तोष पछिल्लो समय बौद्धस्थित भुवलडाँडामा बस्दै आएका थिए। 
 

प्रकाशित: May 01, 2024| 21:05 बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्