शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • इलामको विकासको जिम्मा सुहाङले लिन्छन्, सुहाङको जिम्मा म लिन्छु: अध्यक्ष ओली

इलामको विकासको जिम्मा सुहाङले लिन्छन्, सुहाङको जिम्मा म लिन्छु: अध्यक्ष ओली

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

इलाम- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  सुहाङ नेम्बाङले सांसदमा  विजय हासिल गरेसँगै इलामले थप समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित भएपछि मंगलबार इलाम चोकबजारमा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

National life

‘तपाईंहरुले युवा नेता सुहाङलाई जिताएर पठाउनुभयो। यसका लागि इलामका जनतालाई धन्यवाद दिन चाहन्छु ,’ ओलीले भने, ‘अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु।’

एमाले अध्यक्ष ओलीले देशलाई आर्थिक रुपमा समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र भएको दाबी गरे। उनले भने, ‘मुलुकलाई आर्थिक रुपमा बलियो र समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र छ। अहिलेसम्मको सबै कामको नेतृत्व एमालेले नै गरेको छ।’ 

अध्यक्ष ओलीले सुवास नेम्बाङले थालेको विकासको अभियानलाई पूर्णता दिनका लागि सुहाङ उपयुक्त पात्र रहेको उल्लेख गरे। उनले सुवास जनताको लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गरे। उनले भने, ‘सुवास त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्ध हुनुहुन्थ्यो, योद्धाको छोरा पनि योद्धा नै हुन्छ।’

ओलीले आफ्ना उम्मेदवार जिताउन सहयोग गरेको जनाउँदै नेकपा (माओवादी केन्द्र) लाई समेत धन्यवाद दिए। 

Laxmi sunrise bank
kumari

कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङले इलामे जनताको लागि इमान र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाए। ‘म मेरो बाबुको अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इमान र निष्ठाका साथ जनताको काम गर्नेछु,’ उनले भने, ‘०८४ को निर्वाचनमा एमालेले जनताको घरघरमा भोट माग्नै नपर्ने गरी काम गरेर देखाउनेछु। इलामे जनता र मतदाताको शिर झुक्ने काम कहिले गर्ने छैन।’

प्रकाशित: Apr 30, 2024| 19:55 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्