शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धि ३.८७ प्रतिशत

अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धि ३.८७ प्रतिशत

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष देशको अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ। यो प्रचलित मूल्यको आकार हो। 

National life

गत वर्ष ५३ खर्ब ८१ अर्ब अर्थतन्त्रको आकार पुगेको अनुमान गरिएको थियो। नेपालको आर्थिक वृद्धिदर यो वर्ष ३.८७ प्रतिशत (उपभोक्ता मूल्यको आधारमा) हुने प्रक्षेपण तथ्यांक कार्यालयको छ। चालू आर्थिक वर्षको ६ देखि ९ महिनाको वास्तविक आर्थिक क्रियाकलापको आकडा र आगामी तीन महिनामा हुने क्रियाकलापको प्रक्षेपणको आधारमा यो वृद्धिदर हासिल हुने अनुमान गरिएको हो।

एशियाली विकास बैंकले (एडिबी) यो वर्ष ३.६ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो। त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले ३.१ प्रतिशत र विश्व बैंकले ३.३ प्रतिशत वृद्धिदर हुने अनुमान गरेका थिए। तथ्यांक कार्यालयले आर्थिक क्रियाकलापलाई १८ भागमा विभाजन गरेर अर्थतन्त्रको मापन गर्ने गरेको छ।

यस्तै, नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुगेको अनुमान छ।

आर्थिक वृद्धि ३.८७ प्रतिशत
यसैगरी चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशतमा सीमित रहने कार्यालयले प्रक्षेपण गरेको छ।

Laxmi sunrise bank
kumari

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो। तर तथ्यांक कार्यालयले वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरण सार्वजनिक गर्दै सरकारी लक्ष्यभन्दा आधा हाराहारी मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो।

चालु आर्थिक वर्षको ६ देखि ८ महिनाको तथ्यांकलाई आधार मानेर र बाँकी अवधिको अनुमानका आधारमा आर्थिक वृद्धिको प्रक्षेपण गरिएको कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए।

कार्यालयका अनुसार अर्थतन्त्र उपभोक्ता मूल्यको आधारमा ३.८७ र आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढ्ने छ। चालु आर्थिक वर्षमा कृषि क्षेत्रको ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशतले हुनेछ।

आर्थिक शिथिलताका कारण गत आर्थिक वर्षमा १.९५ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल भएकोमा चालु आर्थिक वर्षमा सुधार देखिने आकलन छ। यद्यपि, वार्षिक लक्ष्यभन्दा भने निकै कम हो। यस्तै, चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने पनि कार्यालयले जनाएको छ।

प्रकाशित: Apr 30, 2024| 18:10 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्