शनिबार, जेठ ५, २०८१

रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ।

triton college

सदर मतको १० प्रतिशत पनि नल्याएपछि उनको जमानत जफत भएको हो।

शनिबार सम्पन्न इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनमा ६८ हजार ४७२ मत सदर भएको थियो। १० प्रतिशत पुर्याउन ६ हजार ९३७ मत आवश्यक थियो। चौथो स्थानमा रहेका लिम्बूले ५ हजार ५० मतमात्रै पाएका छन्। यससँगै उनको धरौटी जफत हुने भएको हो।

यद्यपि लिम्बूले अघिल्लो निर्वाचनका उम्मेदवार प्रकाश सापकोटाको मतभन्दा बढी भने ल्याएका छन्। २०७९ को निर्वाचनमा रास्वपाका सापकोटाले १ हजार ३८० मत पाएका थिए। 

इलाम २ मा मंगलबार बिहान सकिएको मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्बाङ विजयी भएका छन्। 

corrent noodles
Metro Mart

प्रकाशित: Apr 30, 2024| 06:53 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्