बिहीबार, असार ४, २०८३

इलाम-२ मा एमालेका सुहाङ नेम्बाङ निर्वाचित

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन्।

National life

नेपाली कांग्रेसका डम्बर खड्कालाई फराकिलो मतान्तरले पराजित गर्दै नेम्बाङ निर्वाचित भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए। पाँच हजार ८३० मतान्तरले विजयी हुँदै नेम्वाङले प्रतिनिधि सभाको यात्रा तय गरेका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू पाँच हजार ५० मतसहित चौथो भए। 

यस क्षेत्रमा यसअघि सुहाङका बुबा सुवास नेम्बाङ निर्वाचित भएका थिए। उनको भएपछि उपनिर्वाचन भएको हो।
 

Shivam cement

प्रकाशित: Apr 30, 2024| 06:27 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्