बिहीबार, जेठ ३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • इलाममा खुसियाली मनाउन थाले एमाले कार्यकर्ता, मतगणना मंगलबार बिहान सकिने

इलाममा खुसियाली मनाउन थाले एमाले कार्यकर्ता, मतगणना मंगलबार बिहान सकिने

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

काठमाडौं- इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ।

triton college

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तरले अग्रता बनाइरहँदा कार्यकर्ता र समर्थकहरुले खुसियाली मनाउन थालेका छन्। मतगणना भइरहेको स्थानमा एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरूले नाचगान गरेका छन्।

अब देउमाई नगरपालिकाको वडा नम्बर ९ र इलाम नगरपालिका क्षेत्रको मात्रै मत गन्न बाँकी छ। मतगणना भइरहेको सिटी हल क्षेत्रमा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरू भेला हुन थालेका छन्। गणनास्थल अगाडि घुइँचो लागेको छ।

देउमाई नगरपालिकाको एउटा वडा र इलाम नगरपालिकाको ११ वटाको मत गणना बाँकी छ। अब २२ हजार ४१८ मत गन्न बाँकी छ। यही गतिमा मतगणना हुने हो भने अन्तिम नतिजा कुर्न मंगलबार बिहानसम्म पर्खनु पर्नेछ । अहिले गणकहरुको ३ वटा टोली छुट्याएर मतगणना भइरहेको छ।

२२ हजार मत गन्न बाँकी हुँदा एमालेका उम्मेदवार नेम्बाङ ६ हजार ४१९ मतले अगाडि छन्। 
 

corrent noodles
Metro Mart

प्रकाशित: Apr 29, 2024| 21:22 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्