बिहीबार, जेठ ३, २०८१

इलाममा ५ हजार बढी मतले सुहाङको अग्रता कायमै

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- इलाम-२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेको छ।

पछिल्लो मत परिणाम अनुसार सुहाङले १६ हजार ९ सय ४४ मत पाएका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११ हजार २ सय ७१ मत प्राप्त गरेका छन्। उनीहरूबीच ५ हजार ६ सय ७३ मतको अन्तर रहेको छ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९ हजार ४५ मत प्राप्त गरेका छन्। चौथोमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले भने २ हजार ८ सय ३ मत प्राप्त गरेका छन्। अहिलेसम्म ४१ हजार ३ सय ८३ मत गणना भइसकेको छ।

प्रकाशित: Apr 29, 2024| 18:48 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्