शुक्रबार, पुस ११, २०८२

उपनिर्वाचनमा एमालेको 'क्लिनस्वीप'

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

काठमाडौं- यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

National life

बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा 'क' मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर २ मा एमालेकै सुहाङ नेम्बाङ चुनिए। 

भण्डारीले ११ हजार ६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत ल्याए।

तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन्।

यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए। उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए। सिंहको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो।

Laxmi sunrise bank
kumari

उता इलाम-२ मा २७ हजार ७७२ मत ल्याएर सुहाङ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत पाए। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ११ हजार ४५७ मत ल्याए भने चौथोमा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत हात पारे।

दुवै क्षेत्रबाट चुनिएका सांसदको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित: Apr 30, 2024| 06:30 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्