शनिबार, पुस १२, २०८२

उपनिर्वाचन

इलाममा एमालेका सुहाङलाई ४ हजारभन्दा बढी मतको अग्रता

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

काठमाडौं- इलाम-२ मा मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।

National life

अहिलेसम्म गणना भएको मतअनुसार सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन्।

उनले अहिलसम्म १३ हजार ६९ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ८ हजार ३८६ मत ल्याएका छन्। दुईबीचको मतान्तर ४ हजार ६८३ रहेको छ। त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ९८ मत प्राप्त गरेका छन्।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ७१३ मत प्राप्त गरेका छन्।

प्रकाशित: Apr 29, 2024| 14:07 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्