सोमबार, भदौ ८, २०८३

बझाङ प्रदेश सभा 'क' मा एमालेका भण्डारी निर्वाचित

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

आज दिउँसो आएको मतपरिणाम अनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।

भण्डारीले ११ हजार ६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत ल्याए।

तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन्।

यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए। उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए। सिंहको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो।

 

प्रकाशित: Apr 29, 2024| 13:54 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्