सोमबार, भदौ ८, २०८३

बझाङमा एमाले उम्मेदवारले अग्रता बढाए

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

उपनिर्वाचन अन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’ मा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका दमनबहादुर भण्डारीले मतान्तर बढाएका छन्।

उनले ११ हजार १०३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले १० हजार ७६१ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर ३४२ छ।

तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र)का जनबहादुर बुढाले तीन हजार ७९७ मत पाएका छन्।

सुरुआतदेखि नै चौथो स्थानमा रहेका नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार ५१० मत प्राप्त गरेका छन्। मतगणना अन्तिमतिर पुगेको छ।

प्रकाशित: Apr 29, 2024| 13:29 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्