बिहीबार, जेठ ३, २०८१

माङसेबुङ-५ मा स्वतन्त्रले १ हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

फिक्कल (इलाम)- प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

triton college

पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार सुहाङ नेम्बाङको अग्रता बढ्दो क्रममा छ । 

माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् । सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गरे । रास्वपाका लिम्बूले तीन मत पाए । सो वडामा किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आएका छन्।    अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ । 

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रकाशित: Apr 29, 2024| 12:44 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्