बुधबार, जेठ २, २०८१

इलाम-२ मा एमाले-कांग्रेस मतान्तर ३ हजार नाघ्यो

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

काठमाडौं- इलाम-२ मा मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।

triton college

अहिलेसम्म गणना भएको मतअनुसार सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन्।

उनले अहिलसम्म १० हजार ३ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ६ हजार ९९४ मत ल्याएका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ९५१ मत प्राप्त गरेका छन्।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ४४३ मत प्राप्त गरेका छन्।

हालसम्म ४२ मध्ये १६ वटा वडा गणना सम्पन्न हुँदा एमालेको ३ हजार ५९ मतले अग्रता छ।
 

corrent noodles
Metro Mart

प्रकाशित: Apr 29, 2024| 10:23 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्