बुधबार, जेठ २, २०८१

इलाम-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

काठमाडौं- इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले १० हजार ४१९ मत ल्याएका छन्। पछिल्लो मत परिणामअनुसार नेम्वाङका प्रतिद्वन्द्वी डम्बर खड्काले ७ हजार ६२ मत ल्याएका छन्।

triton college

नेम्वाङ खड्काभन्दा ३ हजार ३५७ मतले अगाडि छन्।

त्यस्तै पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ५ हजार ७ सय ६१ मतसहित तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बू १ हजार ४ सय ४३ मत ल्याएका छन् ।

इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता थिए जसमध्ये ६९हजार २ सय ८७ मत खसेको थियो । जसमध्ये २४ हजार ७ सय ३८ मत गणना गरिएको छ । त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई सय ५८ ल्याएका छन्।

प्रकाशित: Apr 29, 2024| 10:22 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्