बुधबार, जेठ २, २०८१

बझाङमा कांग्रेसका उम्मेदवार अभिषेक ८३ मतान्तरले अगाडि

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

triton college
corrent noodles
Metro Mart

बझाङ- बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ। कांग्रेसका सिंह ८३ मतले अघि रहेका छन्।

प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले ९ हजार १६७ मत प्राप्त गरेका छन्। एमालेका  दमनबहादुर भण्डारीले ९ हजार ८४, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ५३५ र  नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार ३४७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ। 

प्रकाशित: Apr 29, 2024| 10:08 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्