बुधबार, जेठ २, २०८१

बझाङमा ३४ वडाको मत गन्दा कांग्रेसका सिंहले बढाए मतान्तर

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

बझाङ-१ (क) मा जारी मतगणनामा सोमबार बिहानसम्म ३४ वडाको मत गणना गरेर सकिएको छ।

triton college

अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता लिइरहेका छन्। उनले ८ हजार ८७४ मत ल्याएका छन्।

कांग्रेसका सिंहलाई नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले पछ्याइरहेका छन्। भण्डारीले ८ हजार ६१५ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार सिंह २५९ मतान्तरले अगाडि छन्।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार २१५ मत ल्याएका छन् भने नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ३१० मत ल्याएका छन्। यहाँ अहिलेसम्म सदर मत २३ हजार ३७३ गनिएको छ। 

बझाङमा अब १६ वडामा खसेको मत गणना गर्न बाँकी छ। 

corrent noodles
Metro Mart

प्रकाशित: Apr 29, 2024| 09:49 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्