सोमबार, भदौ ८, २०८३

बझाङमा कांग्रेसका उम्मेदवारको अग्रता कायमै, एमाले २५३ मतले पछि

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

काठमाडौं- बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ। पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ५३ मतले अग्रता लिएका छन्। उनले ८ हजार २२७ मत प्राप्त गरेका छन्। 

यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार ९७४, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ३ हजार ३३ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार १७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। 

बझाङ प्रदेशसभा (क) मा मा भएमको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो। सो क्षेत्रमा ६१ हजार सात सय ४८ मतदाता रहेका थिए। उपनिर्वाचनमा ११ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा भाग लिएका छन्।  

प्रकाशित: Apr 29, 2024| 08:09 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्