बुधबार, जेठ २, २०८१

उपनिर्वाचन

इलाममा एमालेका सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। उनले ८ हजार ८९८ मतका साथ अग्रता कायमै राखेका हुन्।

सुहाङलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहेका छन्। कांग्रेसका खड्काले ६ हजार २८० मत ल्याएका छन्। एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर २६ सय १८ रहेको छ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ६३४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १३ सय ५ मत पाएका छन्।

प्रकाशित: Apr 29, 2024| 07:54 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्