बिहीबार, असार ४, २०८३

इलाममा सुहाङको अग्रता कायमै, बझाङमा कांग्रेस अगाडि

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

इलाम—२ र बझाङ-१ (क) मा भएको उपचुनावको मतगणना जारी छ। इलाममा एमाले उम्मेदवार अगाडि छन् भने बझाङमा कांग्रेसका। 

National life

इलाममा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। मतान्तर बढाउँदै लगेका नेम्वाङले फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको वडा नम्बर १, २ र ३ को गणना सकिँदा ६ हजार ४ सय ३ मत प्राप्त गरेका छन्। 

उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ४ हजार ७ सय ८० मत ल्याएर पछ्याइरहेका छन्।

एमाले र कांग्रेसका उम्मेदवारबीचको मतान्तर एक हजार ६ सय २३ छ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले तीन हजार १ सय ८८ मत प्राप्त गरेका छन्।

Shivam cement

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन योङहाङ लिम्बूले एक हजार मत पुर्‍याएका छन्।

उता बझाङमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले पहिलो पटक अग्रता लिएका छन्। 

daman_abhishek_bajhang_1-1714296462.jpg
मतगणना सुरू भएदेखि नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता लिएका थिए। आइतबार रातिसम्म कडा प्रतिस्पर्धा देखिएकोमा सोमबार बिहान कांग्रेसले अग्रता लिएको हो। 

सोमबार बिहान कांग्रेसका सिंह १५१ मतान्तरले अगाडि देखिएका छन्। उनले ६ हजार ८५३ मत पाएका छन्। दोस्रो स्थानामा रहेका एमालेका भण्डारीले ६ हजार ७०२ मत ल्याएका छन्। 

त्यस्तै, माओवादी केन्द्रका जनकबहादुर बुढा २ हजार ८२२मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २०९१ मत पाएका छन्।
 

प्रकाशित: Apr 29, 2024| 05:04 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्