सोमबार, वैशाख ३१, २०८१

बझाङमा एमालेको अग्रता कायमै

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को उपनिर्वाचनमा एमालेका दमन भण्डारीले अग्रता कायम राखेका छन्।

triton college

छबिसपाथिभेरा गाउँपालिकाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको पाँच वटा वडाको मतगणना सकिएको छ। 

एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८५ मतसहित अग्रता बनाइरहेका छन्। त्यस्तै नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको २ हजार ५७० मत रहेको छ। माओवादीका उम्मेदवार जनकबहादुर बुढाले १ हजार ८३८ मत प्राप्त गरेका छन्।

यता एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९ मत ल्याएका छन्। कांग्रेस भन्दा एमाले ६२४ मतले अगाडि छ।

प्रकाशित: Apr 28, 2024| 21:32 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्