सोमबार, जेठ २६, २०८२

सर्लाहीका ८ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

 |  आइतबार, वैशाख १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

vianetvianet

बरहथवा- राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रम सुरु भएको छ। जिल्लामा सम्पूर्ण पालिकाले एकै साथ हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने अभियान सुरु गरेका हुन्। विभिन्न पालिकाले औपचारिक कार्यक्रमनै आयोजना गरेर औषधि खुवाउन सुरु गरेको जनाएका छन्। 

स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक शिक्षिका लगायतले औषधि सेवन गरेर अभियानको सुरुवात गरिएको छ। बागमती नगरपालिकामा पनि औषधि खुवाउने कार्यक्रम सुरु गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले जानकारी दिए। नगरकी कार्यवाहक प्रमुख लीलाकुमारी मोक्तानले सम्पूर्ण नगरवासीमा निर्धक्क भएर औषधि सेवन गर्न आह्वान गर्दै अभियानको सुरुवात गरेका थिए। सुरुमा उनी आफैँले औषधि खाएर सुरु गरेका हुन्।

योसँगै विद्यालयमा रहेका छात्रछात्रालाई औषधि खुवाउन सुरु गरिएको छ। बागमती नगरपालिकाले मात्र ३८ हजार बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाउने लक्ष्य लिएको जनाएको छ। यस्तै आजदेखि वैशाख २९ गतेसम्म सञ्चालन हुने अभियान अन्तरगत जिल्लामा आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ। 

अभियानमा सहभागी भई २०३० सम्ममा देशलाई हात्तीपाइले रोगमुक्त बनाउन सहयोग पुर्‍याइ दिन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले आग्रह गरे। अभियानमार्फत जिल्लामा दुई वर्षमाथि उमेर समूहका आठ लाख २४ हजार ६७१ जनालाई औषधि खुवाइने डा झाले जानकारी दिए। यसका लागि जिल्लामा पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय २६ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन्। 

उनीहरुले स्कुल–स्कुलमा पुगेर लक्षित उमेर समूहलाई औषधि खुवाउनेछन्। भने, घर–घरमै पुगेर पनि औषधि खुवाउने बागमती नगरपालिका स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले जानकारी दिए।

National life insurance

हात्तीपाइले रोगविरुद्धको औषधि गर्भवती महिला, सात दिन सम्मका सुत्केरी, छारे रोगी तथा गम्भीर बिमारीले खान नहुने उनको भनाइ छ। 

प्रकाशित: Apr 28, 2024| 20:45 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्