सोमबार, भदौ ८, २०८३

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस तेस्रो

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

बझाङ- बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका-९ को मतगणना सम्पन्न भएको छ। प्राप्त परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै छ। 

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले एक हजार तीन सय ७३, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक हजार दुई सय ८९ मत प्राप्त गरेका छन्। 

त्यसैगरि नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले आठ सय ५५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।

प्रकाशित: Apr 28, 2024| 19:31 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्