शनिबार, पुस १२, २०८२

इलाममा तीन वडाको मतगणना सकिँदा कसको मतान्तर कति?

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

इलाम- इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३ को अहिले सम्मको मतगणना सकिएको छ। 

National life

मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ५८ मत प्राप्त गरेका छन् भने  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एकहजार छ सय ३० मत प्राप्त गरेका छन्।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले चार सय ३० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले तीन सय ८ मत प्राप्त गरेको  मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।  

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए। यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन्।

प्रकाशित: Apr 28, 2024| 18:42 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्