सोमबार, वैशाख ३१, २०८१

बझाङ मतगणना अपडेट : कांग्रेसभन्दा एमाले दोब्बर मतले अघि

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को उपनिर्वाचनमा एमालेका दमन भण्डारीले अग्रता कायम राखेका छन्। छविसपाथिभरा गाउँपालिकाका वडा नम्बर १,२,३ र ४ को मत गनिसक्दा एमालेका उम्मेदवार दमन भण्डारीले आफ्नो अग्रता फराकिलो पार्दै लगेका छन्।

triton college

चार वडाको मत गनिसक्दा एमालेका भण्डारीले १२ सय ६३ र नेपाली कांग्रेसका अभिषेक सिंहले ६ सय ३६ मत ल्याएका छन्। उनीहरुबीचको मतान्तर ६ सय २७ को रहेको छ।

यी चारवटै वडामा गत साल भएको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार पराजित भएका थिए।

वडा नम्बर-१ मा एमाले दोस्रो र २ मा तेस्रो अवस्थामा रहेको थियो। तर, अहिले दुबै वडाको मत गणना सकिँदा एमालेले दोब्बर अग्रता बनाएको छ।

प्रकाशित: Apr 28, 2024| 17:04 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्