शनिबार, पुस १२, २०८२

मकवानपुरमा डेंगु संक्रमित बढ्दै

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

National life
Laxmi sunrise bank
kumari

बागमती- पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु सङ्क्रमित फेला परेका छन्। चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म मकवानपुरमा चार सय ३९ पुरुष र चार सय १८ महिला गरी ८५७ जना नयाँ डेङ्गी सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

उनका अनुसार तीमध्ये हेटौँडा उपमहानगरपालिकामा मात्र सबै भन्दा बढी पाँच सय ४८ डेङ्गु सङ्क्रमित फेला परेका छन्। डेङ्गु सङ्क्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा मकवानपुर जिल्लामा पाँच हजार आठ सय ६४ जना डेङ्गु सङ्क्रमित भएका थिए। गर्मी मौसम सुरु भएसँगै डेङ्गु सङ्क्रमित अझै बढ्नसक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रमुख मिजारको भनाइ छ।

प्रकाशित: Apr 28, 2024| 18:01 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्