सोमबार, वैशाख ३१, २०८१

इलाम-२ मा डम्बर खड्काले लिए अग्रता, दोस्रोमा सुहाङ

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- इलाम क्षेत्र नम्बर २ मा मतगणना भइरहेको छ। सुरुमा नेकपा एमालेका सुहाङ नेम्बाङले अग्रता लिएकोमा अहिले कांग्रेसका डम्बर खड्काले उछिनेका छन्।

triton college

खड्काले १ हजार १ सय ४५ मत ल्याउँदा एमालेका सुहाङले १ हजार ६३ मत ल्याएका छन्।

तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम र चौथोमा मिलन लिम्बू छन्।

इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ। इलाम-२ मा शनिबार उपनिर्वाचन भएको थियो।

शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्।
उता बझाङ-१ (क)मा पनि मतगणना भइरहेको छ। त्यहाँको प्रारम्भिक मतपरिणाम आइसकेको छैन।

corrent noodles
Metro Mart

प्रकाशित: Apr 28, 2024| 15:00 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्