मंगलबार, भदौ ९, २०८३

इलाम-२ मा सुहाङको सुरुवाती अग्रता, दोस्रोमा पहिचानवादी उम्मेदवार

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- शनिबार मतदान भएको इलाम-२ मा मतगणना जारी छ। प्रारम्भिक गणनामा नेकपा एमालेका सुहाङ नेम्वाङ अगाडि देखिएका छन्।

४५२ मत गन्दा सुहाङले १६८ मत पाएका छन्।

दोस्रो स्थानमा पहिचानवादी उम्मेदवार डेकेन्द्र थेगिमले १०२ मत पाएका छन्। तेस्रोमा रास्वपाका मिलन लिम्बूले ९३ मत पाएका छन्।

कांग्रेसका डम्बर खड्काले ८९ मत पाएका छन्।  

बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना एक घन्टा ढिलो गरी सुरु भएको थियो।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ। इलाम-२ मा १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्

उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

 

प्रकाशित: Apr 28, 2024| 13:59 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्