शनिबार, पुस १२, २०८२

तारजालीले घेरेर इलाममा मतगणना सुरु

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- इलाम-२ मा मतगणना सुरु भएको छ। पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु भएको हो।

National life

फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ। फाकफोकथुकको गणनापछि दक्षिण इलामको चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मत गनिनेछ।

मतगणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ। मतगणना स्थलमा तारजाली लगाइएको छ।

सुरक्षित हिसाबले मतगणना गर्न विगतका निर्वाचनका बेला पनि मतगणना स्थलमा तारजाली लगाउने गरिएको थियो।

शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन्। 

Laxmi sunrise bank
kumari

सोमबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने आयोगको अनुमान छ। मतगणनाको अपडेट दुई-दुई घण्टामा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ। मतगणनास्थल इलाम नगरपालिकास्थित गौतम बुद्ध टाउन हलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित: Apr 28, 2024| 11:56 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्