शनिबार, पुस १२, २०८२

इलाम-२ को मतगणना बिहान सात बजेदेखि

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

National life
Laxmi sunrise bank
kumari

इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ। शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय भएको हो।

उपनिर्वाचन अन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो। त्यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल) मा मतगणना गरिनेछ। इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन्। 
उता बझाङ प्रदेश सभाको मतगणना भने कतिबेला सुरु हुने टुंगो छैन। विकट ठाउँहरुबाट मतपेटिका सदरमुकाम ल्याउन समय लाग्ने भएकोले गणनामा ढिलाइ हुने भएको हो। 

प्रकाशित: Apr 28, 2024| 04:53 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्