शनिबार, पुस १२, २०८२

मतपेटिका संकलन गर्नै मध्य रातसम्म लाग्ने

 |  शनिबार, वैशाख १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १५, २०८१

काठमाडौं- सुदूरपूर्वको इलाम र सुदूरपश्चिमको बझाङ जिल्लामा भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ।

National life

बिहान सात बजे सुरु भएको मतदानत पाँच बजे सकिएपछि मतदान केन्द्रहरुबाट मतपेटिका संकलन गर्ने काम भइरहेको छ। सबै ठाउँबाट मतपेटिका सदरमुकाम ल्याइनेछ र मुचुल्का उठाएर सर्वदलीय बैठक बसेपछि गणना सुरु गरिनेछ।

दुवै जिल्लाका केही मतदान केन्द्र निकै विकटमा भएकाले मतपेटिका संकलनमै समय लाग्ने भएको छ। सबै मतपेटिका सदरमुकाम आइपुग्न राति १२ बजेसम्म लाग्ने अनुमान निर्वाचन आयोगले गरेको छ। 

बझाङमा त मतपेटिका संकलनका लागि हेलिकप्टर नै प्रयोग गर्नुपर्ने अवस्था छ। साइपाल गाउँपालिकाका तीन वटा केन्द्रबाट हेलिकप्टरबाट मतपेटिका ओसार्नुपर्ने अवस्था छ। मौसमले साथ दिए आजै नभए भोलिमात्रै मतपेटिका त्यहाँबाट ल्याउन सकिन्छ। मतपेटिका ल्याउन आज दिउँसैबाट हेलिकप्टर तयारी अवस्थामा राखिएको थियो। 

दुवै ठाउँमा मतगणना गर्न ठाउँ तयार गरेर राखिएको छ। एउटामात्रै मतपत्र भएका कारण मतपरिणाम छिटो आइसक्ने अपेक्षा आयोगको छ। 

Laxmi sunrise bank
kumari

इलामको मतगणना सदरमुकामको गौतम बुद्ध सभाहलमा हुनेछ। दुई स्थानमा मतगणना गर्ने तयारी त्यहाँ छ। मतगणना स्थलमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिसकिएको छ। बझाङमा पनि यस्तै तयारी भएको छ। 

इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ को प्रदेश सभा क बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको निधनपछि रिक्त रहेका ती क्षेत्रमा उपनिर्वाचन भएको हो।

प्रकाशित: Apr 27, 2024| 18:59 शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्