बिहीबार, वैशाख २७, २०८१

दुवै क्षेत्रको मतगणना आइतबार बिहानदेखि

 |  शनिबार, वैशाख १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १५, २०८१

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ र बझाङ क्षेत्र नम्बर १ (क) को मतगणना भोलि आइतबार बिहानदेखि हुने भएको छ।

triton college

मतपेटिका संकलन गर्न राति अबेरसम्म लाग्ने भएकाले मतगणना आज सुरु नहुने भएको हो। मतपेटिका संकलन भएपछि पनि सर्वदलीय बैठक बस्ने लगायत प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। दुवै क्षेत्रमा विकट ठाउँमा पनि मतदान केन्द्रहरु भएकोले मतपेटिका संकलनमै समय लाग्ने देखिएको छ। 

इलामको गणना इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा हुनेछ। एक लाख १५ हजार ८८९ मतदाता रहेका इलाम–२ मा ६६ हजार जनाले मतदान गरेका छन्।

बझाङ-१ (क) मा पनि शान्तिपूर्ण रुपमा मतदान सकिएको छ। मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्ने काम भइरहेको छ। बझाङमा ५३ प्रतिशतको हाराहारीमा मतदान भएको प्रारम्भिक विवरण आएको निर्वाचन आयोगले जनाएको छ। बझाङमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन्। 
 

प्रकाशित: Apr 27, 2024| 18:22 शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्